नेपाली महिला भलिबल टिम फाइनलमा पराजित

बिएल

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा पराजित भएको छ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो।

पहिलो सेटमा भारतसँग १७–२५ ले पराजित भएको नेपालले दोस्रो र तेस्रो सेटमा उत्कृष्ठ प्रदर्शन गरेको थियो।

दोस्रो सेटमा नेपालले भारतमाथि २५–२३ काे जित निकाल्यो।त्यस्तै नेपालले तेस्रो सेट २५–२१ ले जित्न सफल भयो ।

तर, चाैथाे सेटमा नेपाल भारतसँग २५-२० ले पराजित भयाे।

अन्तिम तथा निर्णायक सेटमा नेपाल भारतसँग १५-६ ले पराजित भयो।

यद्यपि रजत सागमा नेपालले महिला भलिबलमा पाएको सबैभन्दा ठूलो पदक हो। यसअघि नेपालले तीन पटक कास्य जितेको थियाे।

 
 
प्रकाशित मिति: : 2019-12-03 18:26:55

प्रतिकृया दिनुहोस्