साग पुरुष फुटबल: बंगलादेशसँग माल्दिभ्स बराबरीमा रोकियाे

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बंगलादेश र माल्दिभ्स बराबरीमा रोकिएका छन्।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको खेलमा बंगलादेश र माल्दिभ्स १–१ गोलको बराबरीमा रोकिएको हो।

३० औं मिनेटमा माल्दिभ्सको कप्तान अक्रम अब्दुल घानीको आत्मघाती गोलबाट अग्रता लिएको थियो।

तर, खेलको ७० औं मिनेटमा इब्राहिम महोदीले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काए।

बराबरीसँगै दुवै टोलीले एक एक अंक बाडेका छन्।

यसअघि बंगलादेश भुटानसँग १–०ले पराजित भएको थियो।

राउण्ड रोबिनको आधारमा जारी फुटबलमा तीन अंकको साथ नेपाल शिर्ष स्थानमा छ। यता समान अकंका भएको भुटान गोल अकंको आधारमा दोस्रो स्थानमा छ।

आजै भएको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ।

यता माल्दिभ्स र बंगलादेश एक एक अकंको साथ क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन्। सागमा भारतले भने भाग लिएको छैन्।

प्रकाशित मिति: : 2019-12-03 19:26:31

प्रतिकृया दिनुहोस्