कहालीलाग्दो त्यो ‘एक मिनेट’

दिवाकर भण्डारी/ फणि महत/ क्रान्ति शाह

बारा फेटा गाउँपालिका–१ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए। सदाझैं खाना खाएपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए र आफू पनि सुत्ने तरखरमा लागे। अचानक उनका अगाडि यस्तो विपत् आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई ‘एक मिनेट’ मै शोकमा बदलिदियो।

सामान्य वर्षा र हावाले भयानक रूप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरविहीन बन्न पुग्यो। त्यति मात्र होइन, भुमरीसहितको भीषण हुरीले घर भत्काउँदा उनकी भाउजू मनरमा देवी जयसवालको तत्काल निधन भयो। परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनी बताउँछन्। उनले भने, ‘खुसीका साथ बसिरहेको परिवारलाई हावाहुरीले एक मिनेटमै तहसनहस बनाइदियो।’ घर उजाडिएको पीडाले उनी भावविह्वल छन्।

प्रकाशित मिति: : 2019-04-02 07:26:42

प्रतिकृया दिनुहोस्