दक्षिण अफ्रिकाद्वारा श्रीलंकाविरूद्धको सिरिज ३-० ले कब्जा

श्रीलंकाको विकेट लिएपछि खुसी मनाउँदै दक्षिण अफ्रिकाका खेलाडीहरू। तस्बिरः आईसीसी

दक्षिण अफ्रिकाले श्रीलंकामाथिको पाँच खेलको एक दिवसीय शृंखला ३-० ले आफ्नो पक्षमा पारेको छ।

आइतबार राति श्रीलंकालाई ७१ रनले हराउँदै दक्षिण अफ्रिकाले खेल आफ्नो नियन्त्रणमा राखेको हो।

दक्षिण अफ्रिकाले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६ ओभर खेलेपछि पानी परेको थियो। त्यसपछि डिएल नियम अनुसार श्रीलंकाले २४ ओभरमा १९३ रन बनाउनुपर्ने नयाँ लक्ष्य पायो।

उक्त लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २४ ओभरमा ५ विकेट गुमाउरु १२१ रन मात्र बनाउन सक्यो। उसका लागि कुशल मेन्दिसले सर्वाधिक ४१ रन बनाउँदा ओसादा फर्नान्डोले २५ तथा अभिशाखा फर्नान्डोले २३ रन जोडे।

दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ओपनर क्विन्टन डी ककले उत्कृष्ट शतक प्रहार सँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो।

वान डे करियरको १४ औं शतक प्रहार गरेका क्विन्टनले १ सय ८ बलमा १६ चौका र २ छक्का प्रहार गदैं १ सय २१ रन बनाएका थिए।

अफ्रिकाका रस्सी भार डर डुसेन ५०, कप्तान फाफ डु प्लेसिस ३६, डेविड मिलर ४१,एन्डिले फेहलुकवेओ ३८ र डयनी प्रिटोरियसले ३१ रन जोड्दा अफ्रिकाले बिशाल योगफल बनाएको थियो। ।

श्रीलंकाका लागि इसुरु उडानाले २ तथा लासिथ मलिङ्गा, कसुन रजिथा र कमिन्डु मेन्डिसले समान एक एक विकेट लिए।

प्रकाशित मिति: : 2019-03-11 00:21:41

प्रतिकृया दिनुहोस्