अजरबैजानलाई हराउँदै युरोकप छनोटमा क्रोएसियाको विजयी सुरूवात

क्रोएसियाले अजरबैजानलाई हराउँदै युरोकप छनोटमा विजयी सुरूवात गरेको छ।

सुरूवातमा पछि परेको घरेलु टोली क्रोएसियाले अन्ततः २-१ को संघर्षपूर्ण जित निकालेको हो।

खेलको १९ औं मिनेटमा रमिल सेयादेवले गोल गरेपछि घरेलु मैदानमा पछाडि परेको क्रोएसियाले पहिलो हाफको अन्तिम समयमा बोर्ना बारिसिचको गोलबाट खेल बराबरीमा ल्यायो।

खेलको ७९ औ मिनेटमा आन्द्रे क्रामारिचले गोल गर्दै फिफा विश्वकप २०१८ को उपविजेतासमेत रहेको क्रोएसियालाई जित दिलाए।

प्रकाशित मिति: : 2019-03-22 10:33:53

प्रतिकृया दिनुहोस्