अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नागरिक दैनिक
छैटौँ खेपमा छौँ आज छलफल शृंखलाको, नेपालको अर्थ राजनीतिलाई हेर्ने क्रममा। विदेशी मालिकलाई नरिझाइकन सत्तामा पुग्न पनि सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने मानसिकताबाट निसृत छ यो– ऐतिहासिक समय–प्रवाहको। अहिले जे देखिएको छ त्यो भनेको यसै निरन्तरताको एउटा अत्यन्त दुष्कर स्वरूप हो। यस्तो बेलामा यो स्वरूप पटाक्षेप भएको छ जुन बेलामा नेपाली ’सरकार नै नभएको अवस्था’ मा छन्। दिउसै मैन बत्ती बालेर सरकार खोजेर हिँडिरहनुपरेको अवस्था छ। आमनागरिकलाई निरीह पारिएको छ। अक्सिजन नपाएर मरिरहेका छन् दिनको करिव दुई सय नेपाली। यो संख्या बढ्दो छ। निसास्सिएका छौँ हामी कोरोना र राजनीतिको अनिष्टकर मिलनबाट। यो परिणति बुझ्नका लागि कारक तत्व पत्ता लगाउने जमर्को गरौँ। यसका लागि अलिकति फराकिलो विश्व क्यानभासबाट हेर्नुपर्ने हुन्छ।
विश्व इतिहास साक्षी छ एउटा कुराको। त्यो भनेको प्रजातन्त्र सङ्घर्ष मात्र होइन। यो संस्कार हो, विश्वास हो र आदर्श पनि हो। अर्थात् मुलुकलाई अगुवाइ गर्ने व्यक्तिको सङ्घर्ष र आदर्श जब सँगै जाँदैनन् एक रथको दुई पांग्रोसरह, तब प्रजातन्त्र दुर्घटनाग्रस्त हुन्छ। सङ्घर्षको प्राप्तिलाई हिफाजत गर्ने केवल आदर्शले मात्र हो। त्यसको अभावमा प्रजातन्त्र एउटा विभत्स स्वरूपमा बिस्तारै रूपान्तरित हुँदै जान्छ। जनताको लागि भनेर सत्ता कब्जाको सशस्त्र सङ्घर्ष गरेको, जेल बसेको, प्रजातान्त्रिक चुनाव लडेर सत्तामा पुगेको आधारमा मात्र त्यो व्यक्ति प्रजातान्त्रिक हुन्छ भन्ने कुरा बिलकुलै होइन। र, उदाहरणका लागि एउटा व्यक्ति नै किट्नुपर्दा एडोल्फ हिटर नै हुन्।
यसका विभिन्न संयोजित स्वरूपहरू विश्वको धेरै मुलुकमा अहिले पनि छन् जो आवधिक आमचुनाव वा चुनावको नामबाट आएर शासन गरिरहेका छन्। प्रजातन्त्रको भाषण गरेर खिर खानेहरू पाखण्डी मात्र होइनन्, वास्तविकरूपमा प्रजातन्त्रका दुस्मन साबित भएका छन्। बिपी कोइरालाले २०३७ सालमा एउटा लामो संवादमा मलाई नै प्रतिप्रश्न गर्दै सोधेको कुरा यतिखेर सम्झन पुगेको छु– ‘विश्वमा धेरै तानाशाह त कमनर (सर्वसाधारण) नै भएका छन्, होइन र ?’ मैले भनेँ– ‘त्यो त हो।’ यो संवाद त्यतिबेला नै प्रकाशित भएको थियो। समग्रमा भन्नुपर्दा, प्रजातन्त्र जीवन पद्धति हो। यसका लागि प्रजातान्त्रिक पद्धति बलियो पार्ने विश्वास र मन चाहिन्छ। लहडमा शासन गर्न चाहने मनले हुँदैन। मूलतः प्रजातन्त्र बाँच्नका लागि नियन्त्रण र सन्तुलन प्रणालीमा शासकको विश्वास हुनुपर्छ।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया