युरो छनोटः रोनाल्डो घाइते भएको खेलमा पोर्चुगलको लगातार बराबरी

तस्बिरः एजेन्सी

युरो छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पोर्चुगलले सर्बियासँग बराबरीमा रोकिएको छ।

छनोट चरण अन्तर्गत सोमबारको खेलमा पोर्चुगलले सर्बियासँग १-१ को बराबरी खेलेको हो।

खेलको सातौं मिनेटमा सर्बियाले डुसान टाडीचको गोलमा अग्रता लिएको थियो। तर ४२ औं मिनेटमा ड्यानिलो परेराले गोल गर्दै खेल बराबरीमा ल्याए।

पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण मैदान छाडेका थिए।

खेलको ३१ औं मिनेटमा बलतर्फ कुद्ने क्रममा रोनाल्डोको ह्यामस्ट्रीङमा समस्या आएपछि उनले मैदान छाडेका थिए।

फिफा विश्वकपपछि अघिल्लो सातामात्र राष्ट्रिय टोलीमा फर्केका रोनाल्डो दोस्रो खेलमा नै चोट बोक्दै विश्राममा पुगेका छन्। ३४ वर्षीय युभेन्ट्स फरवार्डले अब कम्तिमा डेढ साता विश्राम गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ।

छनोट अन्तर्गत समूह ‘बी’ को अन्य खेलमा युक्रेनले लक्जेमबर्गलाई २-१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2019-03-26 09:38:43

प्रतिकृया दिनुहोस्