विष्णु उपरकोटी
१.
समय बिर्सेर जानी नजानी त भन्नू मात्र हो
केही समयको छोटो कहानी त भन्नू मात्र हो
यहाँ आफुले दु:ख भोगेको बर्षौं भैसक्यो
दुई दिनको जिन्दगीगानी त भन्नू मात्र हो
२.
पुरानोको हार नयाँको जित भएको हो
त्यसपछि छुट्टै व्यवस्था गठित भएको हो
म त्यहीँ गोरू थिएँ तिम्रो जिन्दगीमा,
जो ट्याक्टर आएसी बिस्तापित भएको हो
३.
पिडाको आगो लगाएर दनदनी योजनै बनाइरहेछन्
त्यहीँ आगोको मुकदर्शक बनी योजनै बनाइरहेछन्
सरकारले यसकारण बिकासे पानीले मुख धुन सकेन,
यहाँ योजना बनाउन पनि योजनै बनाइरहेछन्
४.
लेख्दालेख्दै गरेको कलममा विश्राम आयो
त्यसपछि मस्तिष्कमा यादहरूको गोदाम आयो
म खुशीको परिक्षामा यसकारण फेल भएको हुँ,
वाक्यमा प्रयोग गर्नभनी 'उनको' नाम आयो
५.
एकाअर्कामा पृथकताको दर बढिरहेको हुन्छ
प्रतिफलमा अबिश्वासको डर बढिरहेको हुन्छ
तिम्रो घृणा र मेरो प्रेम घटना जस्तै हो निष्ठुरी,
जो भन्नलाई घट्यो भनिन्छ तर बढिरहेको हुन्छ
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया