विष्णु उपरकोटी
१.
समय बिर्सेर जानी नजानी त भन्नू मात्र हो
केही समयको छोटो कहानी त भन्नू मात्र हो
यहाँ आफुले दु:ख भोगेको बर्षौं भैसक्यो
दुई दिनको जिन्दगीगानी त भन्नू मात्र हो
२.
पुरानोको हार नयाँको जित भएको हो
त्यसपछि छुट्टै व्यवस्था गठित भएको हो
म त्यहीँ गोरू थिएँ तिम्रो जिन्दगीमा,
जो ट्याक्टर आएसी बिस्तापित भएको हो
३.
पिडाको आगो लगाएर दनदनी योजनै बनाइरहेछन्
त्यहीँ आगोको मुकदर्शक बनी योजनै बनाइरहेछन्
सरकारले यसकारण बिकासे पानीले मुख धुन सकेन,
यहाँ योजना बनाउन पनि योजनै बनाइरहेछन्
४.
लेख्दालेख्दै गरेको कलममा विश्राम आयो
त्यसपछि मस्तिष्कमा यादहरूको गोदाम आयो
म खुशीको परिक्षामा यसकारण फेल भएको हुँ,
वाक्यमा प्रयोग गर्नभनी 'उनको' नाम आयो
५.
एकाअर्कामा पृथकताको दर बढिरहेको हुन्छ
प्रतिफलमा अबिश्वासको डर बढिरहेको हुन्छ
तिम्रो घृणा र मेरो प्रेम घटना जस्तै हो निष्ठुरी,
जो भन्नलाई घट्यो भनिन्छ तर बढिरहेको हुन्छ
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया