विश्वकप विजेता हर्नान्डेज जर्मन महारथी वायर्नमा आबद्ध भए

एजेन्सी

लुकास हर्नान्डेजलाइ  ९ अर्ब ९० करोड रुपैयाँमा पाँच वर्षका लागि सम्झौता गरिएको हो। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट म्युनिखमा आउन लागेका हुन्। २३ वर्षीय हर्नान्डेजले फ्रान्सले २०१८ विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए।

अब उनी बुन्डेस लिगा लिडर म्युनिखमा आगामी १ जुलाईबाट लागु हुने गरी आबद्ध हुनेछन्। उनको मेडिकले म्युनिखमा भएको थियो। मेडिकलमा उनको दाहिने कुर्कुच्चाको लिगामेन्टस च्यातिएकव देखिएको छ। त्यसैले उनको बुधबार अप्रेसन गरिदैछ।

वायर्नसँग सम्झौतापछि उनले फुटबल करिअरकै महत्वपूर्ण दिन भएको प्रतिक्रिया दिएका छन्। उनले वायर्न युरोपको एक उत्कृष्ट क्लब भएको र वायर्नबाट खेल्दा गर्व लागेको बताए। साथै सम्भावना भएजति उपाधि जित्न सक्नेमा पनि उनले विश्वास गरेका छन्।

सेन्टर र लेफ्ट ब्याक दुवै पोजिसनबाट खेल्न सक्ने उनले ला लिगमामा ६७ खेल खेलेका थिए भने युरोपा लिग र सुपर कपको उपाधि जित्न सफल भएका थिए। फ्रान्सका लागि १५ अन्तर्राष्ट्रिय खेल खेलेका उनले गत विश्वकपका सबै खेल खेलेका थिए।

प्रकाशित मिति: : 2019-03-28 22:42:45

प्रतिकृया दिनुहोस्