शुक्रबार, ११ जुलाई २०२५

विराटनगरमा यस्ताे देखियाे विप्लवकाे नेपाल बन्द [तस्विरहरू]

बिएल संवाददाता

बिएल संवाददाता

विराटनगर
2021-11-16 09:48:00
News Image
• • •

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा सामान्य परेको छ।

सार्वजनिक सवारीको चाप कम भए पनि निजी सवारीहरु निर्वाध रुपमा चलिरहेका छन्। मुख्य चोक र संवेदनशील क्षेत्रहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

विराटनगरका शिक्षण संस्थाले भने बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै सोमबार नै सूचना जारी गरेका थिए।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?