मुम्बई इन्डियन्सलाई हराउँदै राजस्थान रोयल्सले दोस्रो जित निकाल्यो

तस्बिरः एजेन्सी

मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै राजस्थान रोयल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ।

१ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो। राजस्थानको जितमा ओपनर बटलरले अर्धसतकीय इनिङ्स खेले।

४३ बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रनको विष्फोटक ब्याटिङ गरे। त्यस्तै कप्तान अजिंक्या रहाणेले  ३७ रन जोडे। उनले २१ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए।

सन्जु स्यामसन ३१ र स्टिभ स्मिथ १२ रनमा आउट भए। राजस्थानले अन्तिम समयतिर ५ रन जोड्न ४ विकेट गुमाएपछि खेल रोमान्चक मोडमा पुगेको थियो। तर श्रेयस गोपालले ७ बलमा २ चौका प्रहार गर्दै १३ रनमा अविजित रहेपछि राजस्थानको दोस्रो जित सम्भव भएको हो।

मुम्बईका लागि क्रुनाल पान्ड्याले ३, जसप्रित बुमराह २ र राहुल चाहरले एक विकेट लिएका थिए।

यसअघि घरेलु मैदान वानखेडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको गुमाउँदै १ सय ८७ रन बनाएको थियो।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ८१ रन बनाएका थिए। ५२ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै अर्का ओपनर रोहित शर्मा अर्धसतक बनाउन ३ रनले चुके। ३२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए।

पहिलो विकेटका लागि शर्मा र डी ककले १०.५ ओभर सम्म ९६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए।  सुर्य कुमार यादवले १६ रन बनाउँदा काइरन पोलार्डले ६ रन मात्र जोड्न सके। यस्तै हार्दिक पान्ड्या २८ रनमा अभिजित रहे।

राजस्थानका लागि जोफ्रा आर्चरले ३, धवन कुलकर्णी र जयदेव उनादकटले समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2019-04-14 00:09:27

प्रतिकृया दिनुहोस्