कोहली र डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा बेंगलोरको पहिलो जित

तस्बिरः एजेन्सी

विराट कोहलीको रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ।

शनिबार राति किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराउँदै बेंगलोरले ७ खेलबाट पहिलो जित हात पारेको हो। यसअघि बेंगलोर सुरूवाती ६ वटै खेलमा पराजित भएको थियो।

१ सय ७४ रनको लक्ष्य पछ्याएको बेंगालेरले ४ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि एवी डी भिलियर्सले ५९ रनको नटआउट पारी खेले। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। मार्कस स्टोइनिसले २८ रन जोड्ने क्रममा १६ बल खेल्दै ४ चौका प्रहार गरे।

यसअघि ओपनर तथा कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। ५३ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

पार्थिव पटेलले १९ रन जोड्न भ्याए।

सुरूमा पार्थिवसँग ४३ रनको साझेदारी गरेका कोहलीले दोस्रो विकेटका लागि एवी डी भिलियर्ससँग ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे।

पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १-१ विकेट लिए ।

यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेकोको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

पन्जावका लागि ओपनर क्रिश गेलले सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुकेका थिए।

अन्त्यसम्म नटआउट रहेका गेलले ६४ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरि ९९ रन जोडे पनि त्यो जितको लागि प्राप्त रहेन ।

यस्तै राहुलले १५ बलमा २ चौका र १ छक्कासहित १८ रन जोडे। मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट हुँदा मन्दीप सिंह १८ रनमा अविजित रहे ।

बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

प्रकाशित मिति: : 2019-04-14 00:20:06

प्रतिकृया दिनुहोस्