अमेरिकामा नेपाली चिकित्सकको युएसएमएलई स्कोर प्रकरण- ६

अमेरिकामा नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको सुनुवाई बुधबार ११ बजे

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टमा चलिरहेको नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने भएको छ। मुद्दा हेरिरहेका न्यायाधिस क्रिस्टोफर कुपरको कोर्टरुम २७ दुबै पक्षलाई उपस्थित हुन आदेश दिएका हुन् । 

सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरूद्ध फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका छन् । उनले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले नेपाल सम्बन्धी जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग  गरेका थिए।

फेब्रुअरी १२ मै न्यायाधीश रुडोल्फ कोन्त्रेरसले प्रारम्भिक सुनुवाई गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले जारी गरेको सूचना नै रद्द गर्नुपर्ने माग अस्वीकार गरे पनि प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेर मध्यमार्गी आदेश जारी गरेका थिए ।

उनले प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ साँझ ५ बजेसम्म आफ्ना तर्क पेश गर्न र ती  तर्कको जवाफी तर्क ई-फाइलिङ गर्न वादीलाई फेब्रुअरी २० साँझ ५ बजेसम्मको समय दिएका थिए ।

डिसी कोर्टका अनुसार निर्धारित समयमा दुबै पक्षले आफ्ना तर्क/ प्रतितर्क प्रस्तुत गरेका छन् । 

यी समाचार पनि पढ्नुहोला:

सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा ‘युएसएमएलई–नेपाल प्रकरण’मा कदम चाल्ने आश्वासन

आज अमेरिकामा ८३२ नेपाली चिकित्सकको 'युएसएमएलई स्कोर' प्रकरण को फैसला हुँदै

प्रकाशित मिति: : 2024-02-21 02:35:00

प्रतिकृया दिनुहोस्