रोनाल्डोविना युभेन्टसको हार, च्याम्पियनका लागि अर्को खेल कुर्नुपर्ने

तस्बिरः एजेन्सी

क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको युभेन्टस एसपालसँग पराजित भएको छ।

इटालियन सिरि ए मा युभेन्टस घरेलु टोली एसपालसँग २–१ गोल अन्तरले स्तब्ध भएको हो।

यो हारसँगै युभेन्टसलाई कीर्तिमानी आठौं पटक सिरी ‘ए’ को उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ ।

बुधबार आयाक्सविरुद्धको हुने च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगका लागि रोनाल्डोलाई विश्राम दिएको खेलमा युभेन्टस पराजित भएको हो।

युभेन्टसले खेलमा लिएको सुरूआती अग्रता जोगाउन नसक्दा स्पालसँग हार्न पुग्यो।

खेलको ३० औं मिनेटमा मोइस केनको गोलबाट युभेन्टुले सुरूवाती अग्रता लिएको थियो।

तर केभिन बोनिफिजाइले इन्ज्यूरी समयमा गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलको ७४ औं मिनेटमा सर्जियो फोल्जारीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसपछि युभेन्टसले पाएका केही राम्रा अवसर खेर फाल्दा उपाधिका लागि उसले अर्को खेल कुर्नुपर्ने भएको हो।

आइतबारकफ खेलमा दोस्रो स्थानको नापोली कालगिरीसँग पराजित भएमा युभेन्टसले उपाधि जित्नेछ।

युभेन्टस् सन २०११ देखि लगातार सिरी ‘ए’ च्याम्पियन बन्दै आएको छ।

युभेन्टसको ३२ खेलबाट ८४ अंक रहेको छ । जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो।

प्रकाशित मिति: : 2019-04-14 00:29:58

प्रतिकृया दिनुहोस्