लिभरपुललाई पछि पार्दै म्यान्चेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

क्रिष्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार भएको खेलमा क्रिष्टल प्यालेसलाई सिटीले ३-१ गोल अन्तरले हराएको हो।

सिटीको जितमा रहिम स्ट्रलिङले दुई गोल गर्दा ग्राबीयल जिससले एक गोल थपे। क्रिष्टलका लुका मिलोजोभिकले एक गोल फर्काएका थिए।

खेलको १५ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल थप्यो।

खेलको ६३ औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

तर खेलको ८१ औं मिनेटमा लुका मिलोजोभिकले गोल गर्दै अन्तर कम गरे। खेलको अन्त्यतिर ९० औं मिनेटमा ग्राबीयल जिससले गोल गर्दै सिटीलाई स्पष्ट जित दिलाए।

यो जितसँगै सिटी जारी लिगमा ३३ खेलबाट ८३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ८२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा झरेको छ।

तेस्रो स्थानको टोटनह्यामको ६७ तथा ६६ अंक जोडेको चेल्सी चौथो स्थानमा छन्। समान खेलबाट म्यान्यू ६४ अंक जोड्दै पाँचौ स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-14 21:02:47

प्रतिकृया दिनुहोस्