वान डे विश्वकप खेल्ने भारतीय टोलीको घोषणा, पन्त र रायडु अटाएनन्

तस्बिरः आईसिसि

आगामी महिना इंगल्याण्ड र वेल्समा सुरू हुने आईसीसी विश्वकप एक दिवसीय क्रिकेट २०१९ का लागि १५ सदस्यीय भारतीय क्रिकेट टिमको घोषणा भएको छ।

टिमको छनोटकर्ताले सोमबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली छानेको हो। छनोट भएको टिममा दिनेश कार्तिकलाई राख्दै ऋषभ पन्तलाई बाहिर राखिएको छ। टिममा तीन स्पिनर र तीन तिब्र गतिका बलर छानिएका छन्।

अलराउण्डर हार्दिक पाण्ड्या तथा विजय शंकरले अन्तिम १५ मा स्थान बनाएका छन्। यद्यपी अम्बाती रायडु बाहिरीएका छन्।

२८ वर्षिय विजय शंकरले भारतका लागि नौ वानडे म्याच खेलेका छन्। उनले यसमध्ये पाँच पारीमा ब्याटिङको मौका पाएका छन्। विजयले यी पाँच पारिमा क्रमशः ४५, ४६, ३२, २६ र १६ रन बनाए। यो उत्कृष्ट पारी त होइन। तर, खेलको टर्निङ प्वाइन्टको हिसाबमा उनको खेललाई हेरियो। यद्यपी विजयले यी पारिमा जुन हिसाबमा ब्याटिङ गरे त्यसलाई कप्तान तथा कोचको भरोसा जित्न सफल भए। उन संयमताका साथ ब्याटिङ गर्नुका साथै आवश्यक परेको बेला बलिङसमेत गर्न सक्छन्।

दोस्रो तर्फ अम्बाती रायडुको समग्र प्रदर्शन उत्कृष्ट छ। उनले ५५ म्याचमा ५० पारी खेल्दै ४७.०५ को औषतमा १६९४ रन बनाएका छन्। तर, उनका प्रदर्शन पछिल्लो चार महिनामा खस्किएको भन्दै उनी टोलीमा अटाएनन्।

उनले नोभेम्बर २०१८ पछि १० वान डे खेलेका छन् जसमध्ये मात्र एक अर्धसतक प्रहार गर्न भ्याएका छन्। यो १० पारीमध्ये ५ पटक उनी २० रन भन्दा कम स्कोरमै आउट भएका थिए।

विराट कोहली, रोहित शर्मा, शिखर धवन, केदार जाधव तथा महेन्द्र सिंह धोनीलेब्याटिङ सम्हाल्नेछन्।

केएल राहुललाई तेस्रोओपनरका रूपमछानिएको छ। हार्दिक पाण्ड्यार विजय शंकरलेअलराउण्डरका रूपमा टोलीमा स्थान बनाए।

स्पिनको जिम्मा एक पटकफेरि कुलदीप यादव र युजवेन्द्र चहलको काँधमा परेको छ। रविन्द्र जडेजा तेस्रो स्पिनरको भूमिकामा हुनेछन्। तिब्र गतिको बलिङको जिम्मा बुमराहले पाएका छन्। उनलाई मोहम्मद शामी र भुवनेश्वर कुमारले साथ दिनेछन्।

यद्यपी छनोट समितिले चौथो नम्बरको कसलाई पठाउने निर्णय गरिसकेका छैनन्। तर कप्तान विराट कोहलीले राहुल, कार्तिक तथा विजय शंकरमध्ये एकलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाउने विकल्प छ। यसबाहेक आवश्यकता अनुसार पूर्वकप्तान धोनीसमेत चौथो नम्बरमा ब्याटिङ गर्न सक्छन्।

तिब्र गतिको बलरमा भुवनेश्वर र बुमराहभन्दा शामीलाई महत्व दिनेछन्। पछिल्लो समय भुवनेश्वर कुमारले लय गुमाएकोमा केही चिन्ता कप्तानलाई थपिनेछ। तर उनी अनुभबी भएकाले टिमका लागि राम्रो हुने अपेक्षा छ।

कुलदीप यादव र युजवेन्द्र चहलको जोडीले स्पिन बलिङको मोर्चा सम्हाल्नेछन्। रवीन्द्र जडेजा टिममातेस्रो स्पिनरकोभूमिकामा हुनेछन्। तर, अधिकांश खेलमा यी तीन मध्ये एक जनाले प्लेइङ ११ मा मौका पाउनेछन्।

अस्ट्रेलिया र न्यूजील्याण्ड भ्रमणमाविराट कोहलीले चहल र कुलदीपमध्येएकलाईटिममा राख्ने निर्णय लिएका थिए।

अस्ट्रेलिया भ्रमण अगाडि पूर्वकप्तान धोनीको नाममा पनि प्रश्न उठेको थियो। तरधोनी विकेटकिपरका रूपमा कप्तान तथा कोचको पहिलो नजरमै परेका छन्।अस्ट्रेलिया र न्यूजील्याण्ड सिरीजमा धोनीकोप्रदर्शनलेसमग्र आलोचकमाथि जवाफ दिएका थिए।

दोस्रो विकेट किपरका लागि ऋषभ पन्त अर्का अनुभवी खेलाडी दिनेश कार्तिकसँग पछि परे। पन्त भारतमा जारी आईपीएलमा अहिलेसम्म २२२ रन बनाइसके भने कार्तिकले मात्र १११ रन बनाएका थिए। तर, पन्त पछिल्लो समय खराब सट खेल्ने क्रममा आफ्नो विकेट गुमाएकोमा विवादित थिए। छनोट समितिका अनुसार उनले गैरजिम्मेवारी तरिकाले शट प्रहार गरेको आरोप छ। सोही कारण उनी टिममा परेनन्।

भारतीय टिम

  • ओपनर: रोहित शर्मा, शिखर धवन, के एल राहुल
  • मिडिल अर्डर: विराट कोहली, केदार जाधव
  • विकेटकिपर: एमएस धोनी, दिनेश कार्तिक
  • अलराउण्डर: हार्दिक पाण्ड्या, विजय शंकर
  • स्पिन बलर: युजवेन्द्र चहल, कुलदीप यादव, रवीन्द्र जडेजा
  • तिब्र बलर: जसप्रीत बुमराह, मोहम्मद शामी, भुवनेश्वर कुमार
प्रकाशित मिति: : 2019-04-15 18:25:49

प्रतिकृया दिनुहोस्