एपिएफका दिपेशले रचे नयाँ ईतिहास

तस्बिरः बिएल

सेनाका रत्नजित तामाङ्खको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन्।

आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन्।

दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन्।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामीसँग पराजित भएका हुन्। २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन।

तर, बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए । यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए ।

दिपेशले यसअघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।

प्रकाशित मिति: : 2019-04-20 13:33:45

प्रतिकृया दिनुहोस्