एसिसी यु–१६ पूर्वी क्षेत्रीय डिफेन्डिङ च्याम्पियनले नेपालले आफ्नो उपाधिका रक्षा गरेको छ।
आइतबार थाइल्यान्डमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले आफ्नो उपाधि रक्षा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेटको क्षतिमा एकसय ४० रन जोडेको थियो। जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ओभरमा ८१ रनमा अलआउट भयो।
मलेसियाका लागि ओपनर वान मोहमद अजामले १६ र जितेन्द्र मुर्लीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियालाई सस्तेमा आउट गर्न नेपालका विशाल कुमार पटेलले ४, दीपक बोहरीले ३, कृस कार्की र निशिखल कुमार सिंहले १–१ विकेट हात पारे।
ब्याटिङतर्फ नेपालका प्रशान्त महतले ४० रनको योगदान गरे। यसैगरी ओपनर दीपक बोहाराले २३, कप्तान विशाल विक्रम केसीले १७ र निशिल कुमार सिंह १३ रन जोडे भने अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।