आफ्रिदी फेरि जन्ममितिको विवादमा

तस्बिरः एजेन्सी

 पाकिस्तानका पूर्व स्टार क्रिकेटर साहिद आफ्रिदी आफ्नो आत्मकथाका कारण अफ्ठेरोमा पर्ने सम्भावना बढेर गएको छ।

केही समयअगाडि उनको आत्मकथा ‘गेम चेन्जर’ सार्वजनिक भएको थियो। जसमा पाकिस्तानका यी पूर्व अलराउन्डरले आफ्नो उमेरलाई लिएर नयाँ खुलासा गरेका छन्।

विश्व क्रिकेटमा उनको नाममा एकदिवसीय क्रिकेटमा कान्छो उमेरमा शतक बनाउने कीर्तिमान छ। तर, उनको आत्मकथामा क्रिकेट खेल्दा उनले राखेको जन्म मितिभन्दा ५ वर्ष बढी देखिएको छ।

क्रिकेट खेल्दा पनि उनको उमेरलाई लिएर विवाद उप्किरहेको हुन्थ्यो। उनले कहिल्यै खुलेर आफ्नो उमेर बताएनन्। तर, आत्मकथामा उनले आफ्नो जन्ममिति सन् १९७५ लेखेका छन्।

क्रिकेट खेल्दा उनको जन्ममिति १ मार्च १९८० थियो। सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा समावेश भएका आफ्रिदीले सन् १९९६ मा श्रीलंकाविरूद्ध १६ वर्ष २ सय १७ दिनमा शतक बनाएका थिए।

आफ्रिदीपछि कम उमेरमा शतक बनाउने कीर्तिमान अफगानिस्तानका उस्मान गनीको नाममा छ। उनले २०१४ मा जिम्माबेबविरूद्ध १७ वर्ष २ सय ४२ दिनमा शतक बनाएका थिए।

प्रकाशित मिति: : 2019-05-04 07:34:54

प्रतिकृया दिनुहोस्