तेन्दुलकरका छोरा क्रिकेटमा जम्दै

तस्वीरः एजेन्सी

भारतीय क्रिकेटका उस्ताद सचिन तेन्दुलकरका छोराले मुम्बई लिगमा उत्कृष्ट सुरुवात गरेका छन्।

अर्जुन तेन्दुलकरले मंगलबारदेखि सुरु भएको मुम्बई लिग टि–२० क्रिकेटमा अलराउन्ड प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजय दिलाएका थिए।

उनी आकाश टाइगर्स टिममा आवद्ध छन्। मंगलबार ट्रिम्फ नाइट्सविरूद्ध मैदानमा उत्रिएका अर्जुनले १ विकेट लिनुका साथै २३ रन पनि बनाएका थिए।

खेल आकाश टाइगर्सले ५ विकेटले जितेको थियो। ट्रिम्फले सूर्यकुमार यादवको ९० रनको सहयोगले ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। आकाश टाइगर्सले ५ विकेट बाँकी हुँदा खेललाई आफ्नो पोल्टामा पार्यो।

अर्जुनबाहेक यो खेलमा भारतका युवा खेलाडी श्रेयस एैयर, पृथ्वी शाँ, सूर्यकुमार यादव, जयदेव उन्नादकट समावेश छन्।

अर्जुन टिमका सबैभन्दा महंगा खेलाडी हुन्। उनका लागि आकाश टाइगर्सले ५ लाख भारतीय रुपैयाँ खर्चिएको छ।

प्रकाशित मिति: : 2019-05-15 16:13:51

प्रतिकृया दिनुहोस्