आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन

तस्बिरः एजेन्सी

डच क्लब आयाक्सले घरेलु लिगको उपाधि जितेको छ। बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई हराउँदै आयाक्ले सन् २०१४ पछाडि पहिलो पटक लिग उपाधि जित्न सफल भएको हो।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा अभुतपूर्व प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको आयाक्सले ग्राफ्सचापलाई ४–१ गोल अन्तरले हराउँदै ५ वर्षपछि डच लिग च्याम्पियन बनेको हो।

आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गर्दा लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १-१ गोल गरे। पराजित टोलीका युसेफले एक गोल फर्काएका थिए।

यो सँगै एकमहिना अघि मात्रै केएनभीबी कपको पनि च्याम्पियन बनेको आयाक्स ३४ औं पटक डच लिग च्याम्पियन बनेको हो।

च्याम्पियन बन्ने क्रममा आयाक्सले दोस्रो स्थानको पीएसभी इन्डोभेनलाईलाई ३ अंकले पछि पार्‍यो।

आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्दा दोस्रो स्थानमा रहेको पीएसभीले ८३ अंक जोड्यो। पीएसभीले बुधबार राति नै हेराक्लेस अल्मेलोलाई ३–१ ले पराजित गरे पनि तीन अंकले पछि परेको थियो।

प्रकाशित मिति: : 2019-05-16 07:36:21

प्रतिकृया दिनुहोस्