डब्लुडब्लुई च्याम्पियन आस्लेको ३९ वर्षको उमेरमा निधन

Getty

पूर्व डब्लुडब्लुई स्टार आस्ले मासारोको ३९ वर्षको अल्पआयुमा निधन भएको छ। ‘द ब्लास्ट’ पत्रिकाले न्युयोर्कस्थित लङ आइसल्यान्डमा रहेको उनको घरबाट अस्पताल लैजाने क्रममा विहिबार ५ बजेर ३० मिनेटमा उनको निधन भएको बताएको छ।

उनको निधनको कारण अझै खुल्न नसकेको पत्रिकाले जनाएको छ। बुधबार दिउँसो मात्र उनले ट्वीट गर्दै भनेकी थिइन, ‘समर्थकहरूको धेरै मेलको उत्तर दिएको छुँ।’
डब्लुडब्लुईले पनि विज्ञप्ती सार्वजनिक गर्दै आस्लेको निधनको खबरले आफूहरूलाई दुखिद तुल्याएको बताएको छ।

आस्लेले २००५ देखि ०८ सम्म डब्लुडब्लुईमा भाग लिएकी थिइन। उनी २००७ कि च्याम्पियन पनि हुन्।

प्रकाशित मिति: : 2019-05-17 11:25:28

प्रतिकृया दिनुहोस्