एकदिवसीय विश्व कप सुरु हुन १५ दिन बाँकी छ। यस्तोमा उपाधिको दावेदारको विषयमा विभिन्न अड्कलबाजी चलिरहेको बेला अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले यसपालि विश्व कप जित्ने टोलीले पाउने धनराशी पुरस्कारको पनि घोषणा गरेको छ।
आइसिसीका अनुसार इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुन लागेको विश्व कपमा विजयी टिमले सुन र चाँदीले बनेको ११ किलो ट्रफीसँगै ४० लाख डलर (करिब ४४ करोड ८० लाख) धनराशी पुरस्कार पाउने छन्। जुन गत साता भारतमा सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आइपिएल) भन्दा २४ करोड बढी हो।
१२ औं संस्करणको विश्व कपको कूल धनराशी पुरस्कार १ करोड डलर (१ अर्ब १२ करोड) बराबर छ। उप–विजेता टिमले २० लाख डलर (२२ करोड ४० लाख) पाउँदैछन्। सेमिफाइनलमा पराजित हुने टिमले ८–८ लाख डलर (८ करोड ९६ लाख) पाउने छन्। लिग चरणबाट खेल जित्ने हरेक टिमले ४०–४० हजार डलर (४४ लाख ८० हजार) पाउने छन्।
नकआउटमा प्रवेश गर्ने टोलीको हकमा १–१ लाख डलर (१ करोड १२ लाख) हुनेछ। यसपालि लिग चरणमा कूल ४५ खेल हुनेछ। जसबाट ६ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।