भारतका पूर्व ब्याटिङ स्टार युवराज सिंह छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिदैछन्।
स्वतन्त्र रुपले क्रिकेट खेल्न उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन लागेका हुन्।
युवराज एकदिवसीय र टि–२० का बिस्फोटक ब्याट्सम्यान मानिन्छन्।
तर, पछिल्लो समय उनले न राष्ट्रिय टिममा मौका पाएका छन्, न घरेलु क्रिकेट मै। त्यसैले उनले आइसिसीले मान्यता दिएको अन्य क्रिकेट प्रतियोगिता खेल्न सन्यास लिन लागेका हुन्।
३७ वर्षिय युवराज भारतीय क्रिकेट बोर्डको सम्झौतामा छन्। त्यसैले उनले विदेशमा आइसिसीले मान्यता दिएको खेल खेल्न पाइरहेका छैनन्।
भारतीय मिडियाका अनुसार युवराजले विदेशमा हुने यही प्रतियोगिता खेल्न अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिन लागेका हुन्।
युवराज हालै भारतमा सम्पन्न १२ औं आइपिएलमा पनि समावेश थिए। उनी मुम्बई टिममा आवद्ध थिए। तर, उनले निकै थोरै मौका पाए।