इंग्ल्यान्डले विश्व कपको १५ सदस्यीय टोलीको घोषणा गरेको छ। मे ३० देखि १४ जुलाईसम्म आयोजना हुने विश्व कप टोलीमा जोफ्रा आर्चर, जेम्स विन्स र लियाम डाउसनले स्थान बनाउन सफल भएका छन्।
तर, एलेकस हेल्स, जोए डेनली र डेभिड विलेलाई भने अन्तिम समय टिमबाट बाहिर राखिएको छ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसिबी) ले इयान मोर्गनको कप्तानीमा मंगलबार विश्व कप टोलीको घोषणा गर्यो।
इंग्ल्यान्डको विश्व कप टोलीः
इयान मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, जोस बटलर, टम कुरान, लियाम डाउसन, लियाम प्लुङ्केट, आदिल रसिद, जोए रुट, जासोन रोय, बेन स्टोक्स, जेम्स विन्स, क्रिस वोक्स, मार्क उड।