नक्कली भुटानी शरणार्थी प्रकरण

सडकबाट नागरिकको चेतावनी– ठुला नेतालाई बचाउन खोजे हामी छाड्दैनौँ (भिडियाे)

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर बृहत् नागरिक आन्दोलन सडकमा उत्रिएको छ। बुधबार भद्रकालीमा कार्यक्रम गर्दै बृहत् नागरिक आन्दोलनले सरकारलाई निष्पक्ष भएर छानबिन गर्न र सबका सब दोषीलाई कारबाही गर्न आग्रह गर्‍यो।

कार्यक्रमलाई सम्बोधन गर्दै आन्दोलनका अभियान्ता डा.गोविन्द केसीले ठुला पार्टीले नै भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए। उनको प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा यी सबै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप छ।

उनीहरुको संरक्षणले गर्दा नै आज शरणार्थी प्रकरणमा ठुला नेताको संलग्ना देखिएको डा.केसीको भनाइ छ। उनले लोकतन्त्रमा पनि भ्रष्टाचारमा व्यप्त हुनु दुःखको विषय रहेको बताए। उनले भने, ‘लोकतन्त्रमा भ्रष्टार गर्नु जनतामाथि बेइमानी हो।’

यस्तै नागरिक आन्दोलनका अभियान्ता केदारभक्त माथेमाले भ्रष्टारका विरुद्धमा खबरदारी गर्दै नागरिक सडकमा आउनु दुःखद रहेको बताए। उनले नागरिकहरु जागरुक भएपछि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए।

‘नेताहरु ठुला भ्रष्टाचारमा संलग्न हुनु दुःखद हो। अत्ति नै भएपछि हामी सडकमासमेत आउनु पर्‍यो,’ उनले भने, ‘अब नागरिक जागरुक हुन आवश्यक छ। नागरिक आन्दोलनलाई थप शसक्त बनाउनुपर्छ।’

बृहत् नागरिक आन्दोलनमा सरकारलाई खबरदारी गरिएको थियो। कविता, गीत गाउँदै भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग नागरिक आन्दोलनको थियो। आन्दोलनमा खोइ कर भ्रटाचारीको पेटमा, नेतालाई सधैं मोजमस्ती, भ्रष्टाचारीका १० हात तिनीहरूलानै नेताको साथ, नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्, शरणार्थीमाथि भ्रष्टाचार, हेरेर नबस अख्तियारलगायत नारा लागेको थियो।

भिडियाे :

– फोटो/भिडियाे : रविन पुन (आइडु)

प्रकाशित मिति: : 2023-05-10 19:20:00

प्रतिकृया दिनुहोस्