खेल मिलेमतोका आरोपमा ठूलो सङ्ख्यामा स्पेनमा खेलाडीहरु पक्राउ परेका छन्। स्पेनिस प्रहरीले पहिलो र दोस्रो श्रेणीका खेलाडी पक्राउ गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ।
ला लिगामा खेल मिलेमतो गरेको आरोपमा पूर्व खेलाडी, वर्तमान खेलाडी र क्लब पदाधिकारी पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले रियल म्याड्रिडका पूर्व खेलाडी राउल ब्राभो, रियल भालाडोलिटका बोर्जा फर्नान्डेज, गेटाफेका सामुअल अलन्सो, डिपोर्टीभो ला करुनाका लोपेज मोन्टाना र कार्लोस अराण्ड लगायतका खेलाडीलाई पक्राउ गरेको छ।
प्रहरीले ८ भन्दा बढी खेलमा मिलेमतो भएको जनाएको छ। प्रहरीले ला लिगाको हालैको महिना सम्पन्न खेलमा मिलेमतो भएको आरोप लगाउँदै उनीहरूलाई पक्राउ गरेको हो।