दक्षिण अफ्रिकालाई धक्का, स्टेन इंग्ल्यान्डविरूद्ध खेल खेल्न नसक्ने

Agency

दक्षिण अफ्रिकी समर्थकका लागि विश्व कप अगाडि एउटा दुखद खबर बाहिर आएको छ। अफ्रिकाका तीब्र बलर डेल स्टेन विश्व कपको खेल अगाडि नै घाइते भएका छन्। उनी आयोजक इंग्ल्यान्डविरूद्ध पहिलो खेलमा अनुपस्थित हुनेछन्। अफ्रिकाले पहिलो खेल ३० मेमा खेल्दैछ।

उनी इन्डियन प्रिमियर लिग (आइपिएल) को यसपालिको सिजन खेल्ने क्रममा घाइते भएका थिए। उनको कुममा चोट लागेको थियो। उनको चोटग्रस्त कुमको समस्या अझै बल्झिरहेका कारण पहिलो खेलमा अनुपस्थित हुने बताइएको छ।

भारतविरूद्ध अर्को खेलसम्म उनी पूर्णरुपमा फिट हुने सम्भावना भने प्रवल छ। अफ्रिकी प्रशिक्षक ओटिस गिब्सनले भने, ‘स्टेनको फिटनेशमा सुधार हुँदैछ। उनी बंगलादेशविरूद्ध खेलसम्म पूर्णरुपमा फिट नभएपनि भारतसँगको खेल अगाडि टोलीमा फर्किने सम्भावना बलियो छ।’

स्टेनको अनुपस्थितिमा अब अफ्रिकाको बलिङको जिम्मेवारी कगिसो रबादा र लुंगी नगिडीको काँधमा रहनेछ।

प्रकाशित मिति: : 2019-05-29 08:46:59

प्रतिकृया दिनुहोस्