‘अब मैले बाबाको मन जित्नुछ’
सन्ताेष बराइली
गाउँपालिकामा खुल्लमखुल्ला भइरहेको अनियमिततामा आफ्नो संलग्नता रहेको अस्विकार गर्दै आएका सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख रामबल्लभ साह धेरै काण्डमा संलग्न रहेको पोल खुलेको छ।
आर्थिक बर्ष ०७४/०७५ मा यस गाउँपालिकाको वडा नम्बर–६ मा भएका सम्पूर्ण बिकास निर्माण, गोष्ठी, प्रशिक्षण, तालिमलगायत बिभिन्न योजना आफ्नो सहोदर भतिज राजेश कुमार साहलाई गैरकानुनी ढंगले सम्झौता गरेर दिएको प्रमाण बिएल नेपाली सेवाले फेला पारेको छ ( हे. तस्वीर )।
%203.jpg)
राजेश कुमार साह तिनै ब्यक्ति हुन्, जसले बिभिन्न उपभोक्ता समितीमा रहेर अनियमितता गरिरहेका छन्। र यही पैसाले पतारीबजारस्थित राजा हरिसिहं देवको मन्दिरको पूर्व दिशामा पक्की घर बनाएर तल्लासमेत थपिरहेको गाउँलेको आरोप छ।
(हे. तस्वीर )
%20(1).jpg)
राजेशले उक्त घरमा किरानाको होलसेल पसलसमेत खोलेका छन्। बिएल नेपाली सेबाले यसअघि पनि उनको विषयमा समाचार प्रकाशन गरिसकेको छ।
पछिल्लो पटक फेला परेको सम्झौतापत्रमा कार्यालयका तर्फबाट ६ नं. वडाका वडासचिव फेकु यादवको नाम र दस्तखत छ भने उपभोक्ता समिती समूहको तर्फबाट गाउँपालिका प्रमुख साहका भतिजा राजेश कुमार साहको नाम अध्यक्ष भनेर उल्लेख गरिएको छ। सम्झौता मिती २०७४/१२/२५ गते उल्लेख गरिएको छ। कार्य सम्पन्न गरिसक्नुपर्ने मिती २०७५/३/१५ उल्लेख गरिएको छ। दुई पेजको सम्झौतापत्रमा उल्लेख गरिएका सेबा र शर्तहरु अनियमितता उन्मूख छन्।
%201.jpg)
एक आर्थिक बर्षभरीको सबै काम एउटै ब्यक्तिलाई सम्झौता गरेर दिनु त झन् ठाडै कानुनी राज्यको उपहास गर्नु हो। यसले अधिकारसम्पन्न स्थानीय सरकारको धज्जी मात्र उडाएको छैन, झण्डै दुई तिहाईको कम्युनिष्ट, त्यसमा पनि पारदर्शी शासन ब्यवस्थाका पक्षपाती केपी शर्माओली नेतृत्व सरकारलाई खुल्लमखुल्ला चुनौति दिएको छ।
यस हदसम्मको बेथितिले स्थानीय सरकारले पाएको स्वयततामा गलत नजिर स्थापित गर्नेगरी दुरुपयोग भइरहेको पनि प्रमाणित गर्छ।
यस बिषयमा प्रतिकृया लिन खोज्दा सचिव फेकु यादव सम्पर्कमा आउन चाहेनन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया