क्रिकेटको रोचक इतिहास

तस्वीरः एजेन्सी

विश्व कप क्रिकेट विशेष

अहिले क्रिकेटको जुन प्रारुप देखिन्छ। यसका लागि इतिहासमा थुप्रै फेरबदल भएको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुअघि क्रिकेट मैदान कत्रो हुने, बल कस्तो हुने कसले खेलको सुरुवात गर्ने, यस विषयमा थुप्रै विरोधाभाष देखिएको थियो।

त्यसैले समय अनुकुल यसमा फेरबदल पनि भयो।

यसै विषयलाई लिएर ब्रेक एन लिंक्सले तयार पारेको रिपोर्टः

मैदान निर्धारण
विश्व क्रिकेटमा मैदान निर्धारणको अन्तर्राष्ट्रिय मापदण्ड २१ अप्रिल १८८४ देखि सुरु भएको हो । यसअघिसम्म क्रिकेट खेल आयोजना हुँदा मैदानको क्षेत्रफल कति हुने यकिन थिएन । अहिले पनि संसारको सबैभन्दा ठूलो मैदान एमसिजी (मेलबर्न क्रिकेट ग्राउन्ड) लाई मानिन्छ । यहाँको मैदान ९० यार्डमा फैलिएको छ ।

स्कोर बोर्डको सुरुवात

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा सन् १८४६ मा पहिलो पल्ट दर्शक र खेलाडीको सुविधाका लागि मैदानबाहिर स्कोर बोर्ड टाँगिएको थियो । यसको सफलतापछि सबै खेलमा स्कोर बोर्ड प्रयोगमा आउन थाल्यो ।

सेतो बल

आजभोलि एकदिवसिय क्रिकेटमा देखिने सेतो बलको प्रयोग सन् १८४३ भन्दा पहिले नै हुन्थ्यो । तर, सन् १८८३ पछि सेतो बललाई विस्थापित गर्दै रातो बल प्रयोगमा ल्याइएको थियो ।

टस

सन् १७७४ भन्दा पहिले आपसी सहमतिमा कसले अगाडि बलिङ वा ब्याटिङ गर्ने भन्ने निधो हुन्थ्यो । तर, सन् १८१० देखि टसको परम्परा सुरु भयो ।

प्रकाशित मिति: : 2019-05-30 00:30:30

प्रतिकृया दिनुहोस्