धु्र्मुस-सुन्तलीको क्रिकेट रंगशालामा कसले चलायो डोजर ?

धुर्मुस-सुन्तली : स्थानीयबासीको आक्रोशको निशाना । लेआउट: ब्रेक एन लिंक्स

धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्थानीयले डोजर चलाएका छन्।बाटो नराखी रंगशाला निमार्ण गर्न लागिएको भन्दै बिरोधमा उत्रेका केही स्थानीयले बुधबार बिहान  डोजर चलाएक। बताइएको छ। उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काइ दिएका छन्।

रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरेदेखि नै विवाद हुँदै आएको छ।रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ।पटक पटक आफ्ना मागबारे धारणा राख्दा पेलेर लिने काम भएको भन्दै आक्रोशित स्थानीयले बन्दै गरेको रंगशालामा डोजर चलाएको बताइएको छ।



धुर्मस ब्रो, ‘रंगशाला बनाउन पाइन, डोजर ल्याएर जनताले कम्पाउण्ड भत्काए’ भनेर यूटयूबेहरुसँग हवाँ हवाँ रुनुको साटो नेपालका यी भावि कर्णधारहरुको समस्या समाधानतर्फ सोच्ने हो कि ? रंगशाला हैन, घर नजिकै सहज पहुँचवाला निशुल्क स्कूल र अस्पताल हाम्रो मुख्य प्राथमिकता हो है । रंगशाला नाथे नबने पनि केही फरक पर्दैन, यो देश नै रंगशाला हो, जहाँ नेताहरुले रोचक, रोमाचंक खेल देखाइरहेकै छन्, त्यही हेरे हुन्छ । हँसाउने मानिस रोएको खबर सुन्दा मलाई पनि नमज्जा चाहिँ लाग्या छ है । हँसाउनेलाई हाँस्य कलाकार भने झैं हास्य कलाकारलाई रुवाउनसक्ने ‘रुन्चे कलाकार’ चाहिँ को रहेछ हँ ?
कुसुम कुसुम (सामाजिक सञ्जालबाट)


प्रहरीले घटनामा संलग्न १६ जनालाई नियन्त्रणमा लिएको छ, भने बाँकी फरार भएका केहीको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दुर्गा रेग्मीले बताए। निमार्णाधीन रंगशाला भत्काउने कार्यत्रमा नेतृत्व गरेका स्थानीय प्रकाश कँडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच निमार्णधीन रंगशाला भत्काएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनका धुर्मुसले कडा आपत्ति जनाएका छन्।देशको भलो नचाहने र गलत राजनीति गर्नेले यस्तो कार्य गरेको भन्दै आम नागरिकको बिरोधमा यस्तो निन्दनीय कार्य गरिएको धुर्मुसको आरोप छ।

प्रकाशित मिति: : 2019-05-30 06:07:22

प्रतिकृया दिनुहोस्