भारतीय क्रिकेटमा भगवानको पद्वी पाएका सचिन तेन्दुलकर अब क्रिजमा होइन्, क्रिजबाहिर डेब्यु गर्दैछन्। उनी विहिबारदेखि सुरु हुन लागेको विश्व कप क्रिकेटअन्तर्गत इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेलमा कमेन्ट्री गर्दै गरेको देखा पर्नेछन्।
सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका सचिन त्यसपछि विभिन्न टेलिभिजन कार्यक्रममा देखा पर्दै आइरहेका थिए। संन्यास लगत्तै धेरै क्रिकेटरले कमेन्टेटरको भूमिका निर्वाह गरेका थिए।
तर, सचिन चुप लागेर बसेका थिए। उनी स्टार स्पोटर््सबाट हिन्दी र अग्रेंजी दुवै भाषामा फिलिप्स ह्यु लाइभ प्रिमियर सोमा दिउसो पौने २ बजे आफ्नै कार्यक्रम सचिन ओपन्स अगेनमा कुरा गर्दै गरेको देखिने छन्। कार्यक्रममा उनीसंग अन्य विशेषज्ञ पनि हुनेछन्। विश्व कपमा सचिनको नाममा थुप्रै कीर्तिमान छ। उनले ६ वटा विश्व कप खेल्ने क्रममा २ हजार २ सय ७८ रन बनाएका छन्।
उनको नाममा एउटै विश्व कपमा सर्वाधिक रन बनाउने इतिहास पनि जोडिएको छ। उनले २००३ को विश्व कपमा ११ खेलमा ६ सय ७३ रन बनाएका थिए। ४६ वर्षीय सचिन त्यो विश्व कपको म्यान अफ दि सिरिज पनि हुन्।
भारतले यसपालि ५ जुनमा पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ।