अफगानिस्तानलाई निरिह बनाउँदै न्युजिल्याण्ड शीर्षस्थानमा

जितको खुशी मनाउँदै किवी खेलाडीहरू । तस्बिर : इएसपीएन

न्युजिल्याण्ड पहिला तीन खेलमा जित निकाल्दै इङ्ल्याण्ड-वेल्समा जारी आईसीसी विश्वकप क्रिकेटको शीर्षस्थानमा कायम रहेको  छ । उसले जारी विश्वकपको १३औं खेलमा  अफगानिस्तानलाई  सात विकेटले पराजित गर्दै शत् प्रतिशत जित निकालेको हो । पहिलो ब्याटिङ गर्दै बंगलादेशले दिएको १७३ रनको लक्ष्य उसले एकसय सात  बल खेल्न बाँकी छँदै तीन विकेट गुमाएर हासिल गर्यो।

न्युजिल्याण्डको जितका लागि क्याप्टेन विलियम्सले अविजित  ७९ रनको अर्धशतकीय पारि खेले भने टेलरले ४८ रन बनाए । साह्रै मामुली लक्ष्य भएकाले उसका लागि  खेल अवधिभर कुनै चुनौति नै रहेन । पारिमा न्युजिल्याण्डले गुमाएका सबै तीन विकेट अफगानिन्सतानका अफ्ताव आलमले नै लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानका ब्याट्सम्यान खासै जमेनन् । चारजनाले मात्र दुईं अंकको स्कोर बनाए । सबैभन्दा बढी रन बनाएका शहिदीले ५९ रन बनाए ।  तर उनको यो अर्धशतकीय पारि किवीसामु गतिलो लक्ष्य लिन पर्याप्त भएन । अफगानिस्तानलाई सस्तैमा समेट्न नसमले पाँच र फर्गुसनले चार विकेट लिए । 

अफगानिस्तान खेलेका सबै तीन गुमाएर अंक तालिकाको पुच्छारमा छ । 

प्रकाशित मिति: : 2019-06-09 07:56:07

प्रतिकृया दिनुहोस्