सन् १९८३ मा तेस्रो विश्वकप गर्ने जिम्मा पनि इङ्ल्याण्डले नै लियो । अघिल्ला दुई विश्वकप झै तेस्रो संस्करणको प्रायोजनको जिम्मा पनि प्रुडेन्सियलले नै लियो । त्यसैले तेस्रो विश्वकपको नामाकरण पनि ‘प्रुडेन्सियल कप’ नै गरियो । यस प्रतियोगितामा पनि ८ राष्ट्रले नै भाग लिए । तर, क्यानडाको स्थानमा यसपल्ट नाम जोडियो, जिम्बाबेको । ६० ओभरका खेलाइएको तेस्रो विश्वकपमा थुप्रै रोचक घटना भयो ।
तर, महत्वपूर्ण घटना फाइनलमा भारतले दुई पल्टको च्याम्पियन वेष्ट इन्डिजलाई ४३ रनले हराउनु नै बन्यो । भारतले सुनिल गावस्करलाई पदस्थापन गर्दै कपिल देवलाई कप्तानीको जिम्मेवारी सुम्पिएको थियो । तेस्रो विश्वकपको फाइनल नसकिदासम्म वेष्ट इन्डिजको अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलै धाक थियो । यो टोलीलाई सवैले कहिले नहार्ने टोली भन्थे । त्यो टोलीमा ग्रिनिज, हेन्स, रिचर्ड्स, लोयड, लारी गोमेस, विकेटकिपर ज्योफ डुजनजस्ता विख्यात ब्याट्सम्यान र होल्डिङ, गार्नर, रोबर्ट्स, माल्कम मार्सलजस्ता खुंखार बलर समावेश थियो । तर, फाइनलमा सधै विदेशीभूमिमा पराजित हुने गरेको भारतले अप्रत्यासित?पमा वेष्ट इन्डिजलाई पराजित ग¥यो । वास्तवमा भारतीय क्रिकेटको पुनसंरचना पनि यही विश्वकपबाट भएको थियो ।
कपिल देवले जिम्बाबेवि?द्ध टुनब्रिजमा बनाएको अविजित १ सय ७५ रनको इनिङ अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चाको विषय मानिन्छ । त्यतिबेला बिबिसी कर्मचारीको हडतालका कारण कपिलको इनिङ क्यामरामा कैद हुन सकेन । तर, उनले १७ रनको अवस्थामा ५ विकेट गुमाइसकेको भारतलाई खेलमा पुनः फर्काएका थिए । १ सय ३८ बलमा १६ चौका र ६ छक्का प्रहार गरेका कपिलले भारतको पहिलो इनिङ ६० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६६ पु¥याउन विस्फोटक ब्याटिङ गरेका थिए । उनले त्यति धेरै रन बनाउ“दा भारतका सैयद किरमानीले आठौं विकेटमा ब्याटिङ गर्दै अन्य ब्याट्सम्यानको तुलनामा सर्वाधिक २४ रन अविजित रह“दै बनाएका थिए ।
यस विश्वकपमा इङ्ल्याण्डका डेभिड गोवरले सर्वाधिक ३ सय ८४ रन बनाए । भारतका रोजर बिन्नी १८ विकेट लि“दै सर्वाधिक सफल बलर बने ।