कृषा
के बाेट थ्याे त्याे ?
न फूल छ
न काँडा
ठाउँ-ठाउँमा
बाङ्गिएकाे, खाेङ्ग्रिएकाे
मात्रै सयैं हाँगा।
मन-मनमा चिलाउँछ
न चल्छ हावा
चले पनि
रेसै मात्र हल्लाउँछ
यत्ति कन्याइले त
के मन मर्थ्याे ?
झन्-झन् चिलाउँछ।
उनकै दिलमा बज्रिने मन छ
टप्प टिपेर कसैले
रिसलै भए पनि
बेपत्ताले हुर्र्याइदे हुनि
निधारमै गएर
मनकै पाेकाे झुन्ड्याउने मन छ।
न भाग्य न खप्पर
तैपनि पुर्पुराे
के साह्राे जब्बर ?
दायाँ र बायाँ
चार्तिरै फर्की
अनि थ्याच्च !
दुई लठ्ठी भाची।
कालाे न कालाे
के विधि कालाे ?
न बत्ति-सत्ति
दुई लठ्ठीभित्र
साह्रै अँध्याराे।
बादल टाँगी
आकाश गड्क्याे
केही छिन नपर्खि
पानी झर्न थाल्याे
मन तात्ने झरी
तै खुशी लाग्याे।
पहाड खस्याे
शिर सब्बै ढाक्याे
त्यसकै भाेल्पल्टाे
टुसा पलायाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया