स्पेनका स्टार टेनिस खेलाडी राफेल नडालले एउटै ग्रान्ड स्लामको उपाधि जित्ने अस्ट्रेलियन महिला खेलाडी मार्गरेट कोर्टको कीर्तिमानलाई भंग गरेका छन्।
३३ वर्षीय नडालले आइतबार वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको उपाधि जित्ने क्रममा मार्गरेटको कीर्तिमान भंग गरेका हुन्।
मार्गरेटले ११ पल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन। यो कीर्तिमानलाई भंग गर्ने क्रममा नडालले १२ पल्ट फ्रेन्च ओपनको उपाधि जितेका हुन्।
हाल दोस्रो वरियतामा रहेका नडालले फाइनलमा अस्ट्रियाका डोमिनिक थियमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा हराए।
नडालको सबै गरेर यो १८ औं ग्रान्ड स्लाम उपाधि हो। उनी सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने रोजर फेडररको कीर्तिमानबाट २ उपाधि पछाडि छन्। फेडररले २० पल्ट ग्रान्ड स्लाम जितेका छन्।
नडालले १५ वर्षको दौरान १२ पल्ट फ्रेन्च ओपन जितेका हुन्। फ्रेन्च ओपनमा उनको जित र हारको रेकर्ड ९३–२ भएको छ। नडालले गत वर्ष पनि थियमलाई नै पराजित गर्दै उपाधि जितेका थिए। थियम यसपालि चौथो वरियताका खेलाडी हुन्।
नडालले २००५, २००६, २००७, २००८, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१७, २०१८ र २०१९