सरकार र विप्लव पक्षबीच तीनबुँदे सहमति :

सरकारले विद्रोही नेकपामाथिको प्रतिबन्ध हटाउने, विप्लव पक्षले शान्तिपूर्ण राजनीति गर्ने(पत्रसहित)

नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीवार बिहान भएको तेस्रो चरणको वार्ताको सहमतिअनुसार, सरकारले विद्रोही नेकपामाथिको प्रतिबन्ध हटाउने छ र विप्लव पक्षले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्नेछ ।

सरकारका तर्फबाट वार्ता टोली संयाेजक गृहमन्त्री रामबहादुर थापा बादल र विद्राेही नेकपाका वार्ताटोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको सहमतिमा विद्रोही नेकपाले आफना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।

उक्त सहमतिमा सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सो पार्टीका सम्पूर्ण बन्दीको रिहा गर्ने र उनीहरुमाथिका मुद्दा खारेज गर्ने उल्लेख छ । 

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा. राजन भट्टराई र विद्रोही नेकपाका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', उदयबहादुर चलाउने 'दीपक' वार्तामा सहभागी थिए।

प्रकाशित मिति: : 2021-03-04 10:08:00

प्रतिकृया दिनुहोस्