रूस–युक्रेन संकट

हिटलरकाे यातनाबाट बाँच्न सफल राेमान्चेन्काे रूसी सेनाबाट मारिए

उनी भन्थे : शान्ति र स्वतन्त्रताको नयाँ विश्व निर्माण गर्नु हाम्रो आदर्श हाे

photo: twitter
photo: twitter

दाेस्राे विश्वयुद्धका बेला विभिन्न यातानाबाट बाँच्न सफल युक्रेनका ९६ वर्षीय बाेरिस राेमान्चेन्काे रूस–युक्रेन युद्धमा परेर मृत्यु भएकाे छ। यहूदीहरूप्रति तत्कालिन नाजी सरकारले परिचालन गरेकाे चार वटा यातना शिविरमा बाँच्न सफल उनीकाे गत हप्ता दक्षिणपश्चिम युक्रेनी सहर खार्किभमा रूसी गाेलाबारी परेर मृत्यु भएकाे अधिकारीहरूले बताएका छन्।

नाजी युद्ध अपराधका क्षेत्रहरूकाे संरक्षण गर्ने बुचेनवाल्ड र मित्तेलबाउ-डोरा मेमोरियल्स फाउन्डेशनले जारी गरेको एक विज्ञप्ति अनुसार रोमान्चेन्कोको मृत्यु शुक्रबार भएको हाे। रुसी सेनाको निरन्तर आक्रमणको क्रममा शुक्रबार रोमान्चेन्कोको अपार्टमेन्ट भवनलाई निशाना बनाई प्रहर गरिएको छेप्यास्त्रको कारण उनको मृत्यु भएको अधिकारीहरु दाबी छ।

सन् १९२६ को जनवरीमा उत्तरपूर्वी सहर सुमी नजिकैको युक्रेनको बोन्डारी गाउँमा जन्मेका रोमान्चेन्को सन् १९४२ मा युद्ध मेसिनका लागि श्रम गर्न बाध्य भएपछि नाजी युद्ध अपराधको सिकार बनेका थिए। शिविरबाट भाग्ने असफल भएका उनलाई सन् १९४३ को जनवरीमा कुख्यात बुचेनवाल्ड यातना शिविरमा नजरबन्द गरी ‘भी २’ रकेटको निर्माण गर्न पीनेमुन्डे शिविरमा सारिएको थियो।

त्यसपछि उनलाई मित्तेलबाउ र बर्गन-बेलसनको यातना शिविरमा लगिएकाे हाे।

उनकाे मृत्युलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिटलरले पनि गर्न नसकेको कुरा पूरा गर्न आफूहरू सफल भएको प्रतिक्रया जनाएका छन्।

संयुक्त राष्ट्र संघको तथ्याङ्कअनुसार आइतबारसम्म युक्रेनमा रुसले २४ फेब्रुअरीमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म ९२५ जनाको ज्यान गएको र १४९६ जना घाइते भएका छन्। तर, वास्तविक सङ्ख्या निकै बढी रहेको अनुमान गरिएको छ।

खार्किभ क्षेत्रमा १५ बालबालिकासहित कम्तिमा २ सय ७६ जनाको ज्यान गएको उक्त तथ्याङ्कले बताउँछ।

रोमान्चेन्कोले आफ्नो जीवनकालमा नाजी युद्ध अपराधको सम्झनालाई जोगाउन ‘गहनतापूर्वक’ काम गरेको र अप्रिल २०१५ मा ७० वर्षअघिको भूतपूर्व बुचेनवाल्ड यातना शिविरको मुक्तिको सम्झनामा आयोजित समारोहमा बुकेनवाल्डमा बाँचेकाहरूको शपथ ग्रहण गरेकाे फाउन्डेसनले जनाएकाे छ। उनले उक्त कार्यक्रममा शान्ति र स्वतन्त्रताको नयाँ विश्व निर्माण गर्नु हाम्रो आदर्श भएकाे बताएका थिए।

‘बोरिस रोमान्चेन्कोको डरलाग्दो मृत्युले यातना शिविरमा बाँचेकाहरूका लागि युक्रेनको युद्ध कत्तिको खतरापूर्ण छ भनेर देखायाे,' फाउन्डेसनले बतायाे।

युक्रेनलाई डिनजिफयिंग (नाजीवाद र यसको प्रभावबाट छुटकारा दिलाउन) गर्ने बहानामा पुटिनले सुरु गरेको युद्धको क्रममा नाजी युद्ध अपराधको पीडितहरूलाई रूसी सेनाले मारेको तथ्यलाई लिएर धेरै अनलाइन प्रयोगकर्ताहरूले क्राेधपूर्ण प्रतिक्रिया दिइरहेका छन्।

‘हिटलरदेखि बाँचे, पुटिनद्वारा मारिए' भन्दै युक्रेनका विदेश मन्त्री दिमिट्रो कुलेबाले रोमचेन्कोको मृत्युको बारेमा 'अकथनीय अपराध,'काे रूपमा वर्णन गरेका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-03-22 14:30:00

प्रतिकृया दिनुहोस्