पैसा नपाएपछि सचिनले हाले अस्ट्रेलियाली कम्पनीलाई मुद्धा

तस्वीरः एजेन्सी

भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले अस्ट्रेलियाको खेल सामाग्री बनाउने एउटा कम्पनीलाई मुद्धा दायर गरेका छन्। कम्पनीले आफ्नो नामको प्रयोग गरेको भन्दै सचिनले अस्ट्रेलियाको स्पार्टन कम्पनीलाई २० लाख डलर क्षतिपूर्ती माग गरेका हुन्। 

न्युज एजेन्सी रोयटर्सका अनुसार सन् २०१६ मा सचिन र स्पार्टन कम्पनीबीच सम्झौता भएको थियो। सम्झौता अनुसार कम्पनीले एक वर्षसम्म आफ्नो उत्पादनमा सचिनको तस्वीर र लोगो प्रयोग गर्न पाउने र यस बापत १० लाख डलर उनलाई उपलब्ध गराउनु पर्ने भन्ने थियो।

स्पार्टनले आफ्नो सामानको प्रचारप्रसार लन्डन र मुम्बईमा पनि गरेको थियो। यसमा सचिन सहभागी भएका थिए। तर, २०१८ को सेप्टेम्बरसम्म स्पार्टनले सचिनलाई कुनै भूक्तानी नगरेको बताइएको छ।

सचिनले बारम्बार कम्पनीसँग सम्झौताको रकम उपलब्ध गराउन अनुरोध गर्दै आइरहेका थिए। तर, कम्पनीले उनको आग्रहलाई वेवास्था गरेपछि उनी मुद्धा मामिलामा लागेका हुन्।

प्रकाशित मिति: : 2019-06-15 23:56:49

प्रतिकृया दिनुहोस्