फ्रान्समा जारी फिफा महिला विश्वकपमा मार्ताको निर्णायक गोलमा इटालीलाई हराउँदै ब्राजिल अन्तिम १६ मा पुगेको छ।
६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताको गोलमा ब्राजिल समूह सी बाट उत्कृष्ट तेस्रो स्थानमा रहँदै महिला विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो।
फ्रान्समा भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको इटालीलाई एक शून्यले हराउँदै ब्राजिलले प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७२ औं मिनेटमा मार्ताले ब्राजिलका लागि गोल गरेकी थिइन्।
यही गोल र विजयी अंकले ब्राजिललाई समूह सी को उत्कृष्ट तेस्रो टिम बनायो।
इटाली विरूद्धको गोलसागै मार्ताले विश्वकपमा गोल संख्या १७ पुर्याउँदै पुरूष खेलाडीको भन्दा पनि धेरै गोल गर्ने कीर्तिमानी बनाइन्।
उनले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्ड तोड्न सफल भइन्। अब ब्राजिलले अन्तिम १६ मा घरेलु टिम फ्रान्ससँग खेल्नेछ।
यता इटालीले अन्तिम १६ मा चीन र नाइजेरीयाको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ।