काठमाडौं ।
सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया छनोटको लागि नेपालले २५ सदस्य प्राम्भिक टोली घोषणा गरेको छ ।
प्रशिक्षक उमेश पटवाल, आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम र कप्तान पारस खड्कासम्मिलित छनोट समितीले २५ सदस्यीय प्रारम्भिक टोली छानेको हो।
छनोटमा तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन्। नन्दनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।
यस्तै दुई साता अघि प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका विकेटकिपर राजु रिजाल, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, कुशल भुर्तेल, ललित भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।
प्रतियोगितामा साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुनेछ। प्रतियोगितामा नेपालसहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। राउन्डरोविन लिग प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ।
पहिलो खेल कतारसँग साउन ७ मा खेल्ने नेपालले मलेसियासँग साउन ८, कुवेतसँग साउन ११ र सिंगापुरसँग साउन १२ गते खेल्नेछ।
अभ्यासका लागि विदेश भ्रमणपछि अन्तिम टोलीको घोषण गरिनेछ। यद्यपी विदेश भ्रमण भने टुङ्गो लाग्न बाँकी छ।
नेपालको प्रारम्भिक टोली
पारस खड्का (कप्तान), अभिनाष बोहरा, अमित श्रेष्ठ, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, नन्दन यादव, पवान सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा, सुसन भारी।