कोपा-अमेरिकामा : अर्जेन्टिना र ब्राजिल, चिली र पेरूबीच सेमिफाइनल

कोपा अमेरिका मस्कट । तस्बिर : एजेन्सी

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । 

उरूग्वे र पेरूबीच भएको अन्तिम कर्वाटरलाइनलमा उरूग्वेलाई पादा लगाउँदै पेरू अन्तिम चारमा पुगेपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

समिकरणअनुसार ब्राजिल र अर्जेन्टिना जुलाई २ मा आम्नेसाम्ने हुनेछन् भने डिफेन्डिङ च्याम्पियन चिलीले जुलाई ३ मा पेरूको सामना गर्ने छ। 

उरूग्वेका स्टार खेलाडी सुआरेज पेनाल्टीमा चुकेपछि पेनाल्टी सुटआउटमा पेरू ५-४ ले विजयी भएको हो । उनको प्रहार पेरूका गोलकिपरले असफल बनाइ दिएका थिए । 

निर्धारित र अतिरिक्त समयमा दुबै टिमबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 

यसअघि ब्राजिलले पाराग्वेलाई र चिलीले कोलम्बियालाई पनि पेनाल्टी सुटआउटमै हराएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । अर्जेन्टिनाले मात्रै निर्धारित समयमै भेनेजुयलालाई २-० ले पाखा लगाएको थियो । 

 

प्रकाशित मिति: : 2019-06-30 08:32:28

प्रतिकृया दिनुहोस्