रोहितको शतकमा भारतको विशाल योगफल

तस्बिरः एजेन्सी

एजेन्सी –रोहित शर्माले कीर्तिमानी शतक प्रहार गरेसँगै इंल्याण्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशलाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनायो। भारतका लागि शर्माले १ सय ४ रनको सतकीय इनिङ्स खेले। रोहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। रोहितको जारी विश्वकपमा यो चौथो शतक हो। त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो।

पहिलो विकेटका लागि ओपनर रोहितफे लोकेश राहुलसंग मिलेर १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गरे। राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए ।

त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे ।  ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए ।

हार्दिक पान्ड्या डक आउट भए। महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए। दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो ।

प्रकाशित मिति: : 2019-07-02 19:25:27

प्रतिकृया दिनुहोस्