बुधबार भएको मेन्स सिंगल्समा नेपालका कमल थापाले दोश्रो खेल पनि जितेका छन्। भुटानको थिम्पुमा मंगलबारदेखि ५ औं भारत-भुटानमैत्री टेनिस प्रतियोगिता सुरू भएको हो।
उनले भुटानका यसे जामत्सोलाई ६-१,६-१ मा पराजित गरे।
यस्तृ मेन्स सिंगल्सको दोस्रो राउण्डमा नेपालका एवन लिसानेविचले भुटानका टेन्डिङलाई ६-२,६-२ मा पराजित गरेका छन्।
यस्तै ४५+ भेट्रान्स मा भुटानका चाम्बा धोण्डुप नेपालका बिरेन बस्नेत सँग ६-१, ६-३ मा पराजित भए।
४५+ भेट्रान्स मा नेपालका प्रताप मोक्तान भारतका देवनम लामासँग ७-६,६-२ मा पराजित भएका छन्।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ।
मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ प्लस समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्।
नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ पल्स सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।