मेसीलाई रेड कार्ड, चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो

तस्बिरः एजेन्सी

 

एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा अर्जेन्टिना तेस्रो भएको छ।

शनिबार सम्पन्न खेलमा सर्जियो अग्यूरो र पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए।

खेलको १२ औं मिनेटमा सर्जियो अग्यूरोले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाएका थिए। कप्तान मेसीको पासमा उनले गोल गरेका थिए।

त्यसको १० मिनेटपछि जिओभानी लो सेल्सोको पासमा डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

पहिलो हाफको ३७ औं मिनेटमा  अर्जेन्टिनाका लिओनेल मेसी र चिलीका ग्यारी मेडेलले रातो कार्ड पाउँदै मैदाबाट बाहिरिए

रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई अनावश्यक ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए। बल बाहिर गइसकेपछि मेडेलले मेसीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए। यो मेसीको करिअरको दोस्रो रातो कार्ड हो।

दोस्रो हाफमा चिली खेलमा फर्कियो। आर्टुरो भिडालले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याए। तर अत्यान्तै प्रतिश्पर्धात्मक खेलमा थप गोल हुन नसक्दा अर्जेन्टिनाले खेल २-१ ले जित्यो र तेस्रो स्थान हासिल गर्‍यो।

कोपा अमेरिकाको उपाधिका लागि आज राति घरेलु टोली ब्राजिल र पेरु खेल्दैछन्।

प्रकाशित मिति: : 2019-07-07 06:45:47

प्रतिकृया दिनुहोस्