सातौं विश्वकप क्रिकेटः यसरी जितेको थियो अस्ट्रेलियाले सातौं विश्वकप क्रिकेटको उपाघि (भिडियोसहित)

तस्बिरः बिएल

सन् १९९९ मा सम्पन्न सातौं विश्वकप पुनः इङ्ल्याण्डमा फर्कियो । यो विश्वकप पहिलेजस्तो प्रायोजकको नाममा नभई आइसिसीले आफ्नै नामबाट आयोजना ग¥यो । प्रतियोगितामा ९ टेस्ट राष्ट्र (इङ्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, न्युजिल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका र जिम्बाबे) बाहेक छनोटबाट तीन राष्ट्र बंगलादेश, स्कटल्याण्ड र केन्या समावेश भए । 

सातौं विश्वकप इङ्ल्याण्ड, वेल्स, आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्स गरी ५ क्षेत्रमा आयोजना भयो ।
अस्ट्रेलियाले यही विश्वकपमार्फत आफ्नो उत्कृष्टता प्रमाणित ग¥यो, अन्तर्राष्ट्रिय क्रिकेटमा । फाइनलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्ने क्रममा स्टिभ वा“को कप्तानीमा रहेको अस्ट्रेलियाले एसेसको छनक देखायो । यद्दपि समूह चरणको खेलमा न्युजिल्याण्ड र पाकिस्तानबाट पराजित भएको थियो अस्ट्रेलिया । तर, अन्त्यमा सुपर सिक्समा प्रवेश गर्दै यस टिमले तहल्का पिट्यो ।
दक्षिण अफ्रिका पुनः अभागी टोली सावित भयो । एलान डोनाल्ड र साउन पोलकजस्ता विख्यात तीब्र बलर समावेश भएको दक्षिण अफ्रिका सेमिफायनलमा अस्ट्रेलियास“ग बराबरीमा रोकिएपनि रनरेटका आधारमा पराजित हुन पुग्दा विश्वकपको फाइनल प्रवेशबाट बञ्चित भयो । सेमिफाइनलमा अस्ट्रेलियाले ४९ दसमलव २ ओभरमा बनाएको २ सय १३ रनलाई पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४९ दसमलव ४ ओभरमा सबै विकेट गुमाउ“दै समान रन बनाएको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई ९ विकेटले पराजित ग¥यो । यद्दपि यो विश्वकपमा पाकिस्तान फाइनल प्रवेश गरेपनि समूह चरणको खेलमा बंगलादेशस“ग ६२ रनले पराजित हुन पुग्यो ।
सातौं विश्वकपको म्यान अफ द सिरिज अफ्रिकाका लान्स क्लुजनर घोषित भए । भारतका राहुल द्रविडले सर्वाधिक ४ सय ६१ रन बनाए । अस्ट्रेलियाका सेन वार्न र न्युजिल्याण्डका ज्योफ एलोटले संयुक्त २० विकेट लिए ।

प्रकाशित मिति: : 2019-07-07 19:19:44

प्रतिकृया दिनुहोस्