राधा कार्की
थला परेपछि
रोगको मात्रा ह्वात्तै बढेको छ
दायाँ–बायाँ फर्कनै दिँदैन
यो पीडाको उचाइ कति छ
कति होला गहिराइ
बेगिन्ती छन्– जुनेलीका पीडाहरू!
मौन देखिन्छे ऊ
मौनताभन्दा पनि मौन
शीतल होस् या आगोको लप्का
फाटेको कम्मल होस् या झुत्रे गम्छा
ऊ गुटुमुटु हुन चाहन्छे त्यसमै।
अछुत छे ऊ, बिलकुल अछुत
यो सहरका सम्भ्रान्त परिवेशहरूबाट
जहाँ प्रकृति हाँसेर
पवन नाचेको देख्नै पाइँदैन
अङ्कुरमै निमोठिन्छन्
मनमा बग्रेल्ती रहर बोकेर
फक्रन चाहने केत्तुके र भुइँथुँगाहरू!
सयौँ पटक सुनिए छेपाराका कथा
शकुनि र दुःशासनका कुरा
कति गाँसौँ सडकसँग मितेरी
भत्कँदै छन् सपनाका घरहरू एक–एक गरी!
शकुनि पासा पल्टिएर
वर्षौं वर्षदेखि
सेकिरहेछ भुइँमान्छेहरूको ढाड
निरन्तर दोहोरिइरहेछ
उही भँडारेको रजाइँ
उही तोरीफूले गाउँको कथा!
उही अस्वस्थ प्रतिस्पर्धा
ठिक यो घडी
शान्त नदीभित्र बसेर
जुनेली कल्पना गरिरहिछे
आँधीअघिको एउटा भयानक सन्नाटा!
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया