एसीसी यू-१९ इस्टर्न रिजन सेमिफाइनल: मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल LIVE

तस्बिरः एसिसि

क्लालालाम्पुर । नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

नेपालले आजको खेलमा एक जना खेलाडी परिवर्तन गरेको छ। विशाल विक्रम केसीको स्थानमा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिएको छ।

नेपाल समूह चरणमा सतप्रतिशत जित निकाल्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो।

साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।

मलेसियाले समूह चरणमा भुटानलाई २ सय ६० रनले पराजित गर्दा थाईल्यान्डमाथि १६ रनको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा हङकङसँग ३ रनले पराजित हुँदा उप विजेता बनेको थियो।

आज अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर पनि भिड्दै छन्। हङकङ समूह बी को विजेता र घरेलु टोली मलेसिया उप विजेता हो। नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् ।

हेड टु हेडमा नेपाल बलियो

यू-१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।

  •     सन् २००५ (काठमाडौं) -एसीसी यू-१९ - नेपाल ७ विकेटले विजयी
  •     सन् २००७ - एलिट कप- नेपाल ५ विकेटले विजयी
  •     सन् २०१३ - एसीसी यू-१९ एलिट कप- नेपाल ७ विकेटले विजयी (समूह चरण)
  •     सन् २०१३ - एसीसी यू-१९ एलिट कप- नेपाल ६ विकेटले विजयी (तेस्रो स्थान)
  •     सन् २०१४ - एसीसी प्रिमियर लिग- नेपाल ५३ रनले विजयी
  •     सन् २०१६ - यू-१९ एसिया कप- नेपाल १ विकेटले विजयी
  •     सन् २०१७ - यू-१९ इस्टर्न रिजन -नेपाल १० विकेटले विजयी
  •     सन् २०१७ - यू-१९ विश्वकप छनोट- नेपाल ५ विकेटले विजयी
  •     सन् २०१७ - यू-१९ विश्वकप छनोट- नेपाल ५ विकेटले विजयी
  •     सन् २०१९ - यू-१९ विश्वकप छनोट- नेपाल ८ विकेटले विजयी

 

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ। यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको प्लेइङ ११ :

१.रोहित कुमार पौडेल (कप्तान)

२.पवन सरार्फ

३.राशिद खान

४.रित गौतम

५.हरि बहादुर चौहान

६.कमल सिंह ऐरी

७.तिलक भण्डारी

८.भिम सार्की

९.कुशल मल्ल

१०.सागर ढकाल

११.खडक बहादुर बोहरा

प्रकाशित मिति: : 2019-07-08 07:55:48

प्रतिकृया दिनुहोस्