मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजनको फाइनल प्रवेशका लागि नेपालले घरेलु टोली मलेसियाबाट ८८ रनको लक्ष्य पाएको छ। किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटियो।
मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए। हैक्वाल मोहद खैरले १२ रन जोड्दा वान आमिरूलले ११ तथा अहमद अकमलले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालले अतिरिक्तमार्फत १८ रन खर्चिएको थियो।
मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सागर ढकालले ३ विकेट लिँदा कुशल मल्लले २ तथा कमल सिंह ऐरी, रासिद खान र तिलक राज भण्डारीले समान १-१ विकेट लिए।