नवौं विश्वकप क्रिकेट २००७ (भिडियो सहित)

तस्बिरः बिएल

सन् २००७ को नवौं विश्वकपको पूर्व सन्ध्यामा आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेटले थुप्रै उपलब्धि हासिल ग¥यो । वेष्ट इन्डिजले नवौं विश्वकपलाई सफल तुल्याउन १० लाख अमेरिकी डलरभन्दा बढी खर्च ग¥यो । वेष्ट इन्डिज आइसिसी गठनताकाको सहयोगी संघ भएपनि यसले पछिल्लो समयमात्र विश्वकप आयोजनाको अधिकार पायो ।
नवौं विश्वकपमा १० टेस्ट राष्ट्रबाहेक बमुर्डा, केन्या, नेदरल्याण्ड्स, क्यानडा, आयरल्याण्ड र स्कटल्याण्ड समावेश भएका थिए । पोन्टिङकै कप्तानीमा अस्ट्रेलियाले नवौं विश्वकप उपाधिको रक्षा ग¥यो । नवौं विश्वकप फाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ५३ रनले हरायो । एडम गिलक्रिष्ट र माइकल हेडनको एकल ब्याटिङमा यस विश्वकपमा अस्ट्रेलियालाई चुनौती दिने कुनै पनि टोली देखा परेनन् । यद्दपि आयरल्याण्डले पाकिस्तानलाई हराएर सुपर एटमा स्थान सुरक्षित पा¥यो । यही विश्वकपमा पाकिस्तानी प्रशिक्षक बब उल्मरको रहस्यमय निधन भयो, जसको कारण अझै खुलेको छैन । श्रीलंकाका कीर्तिमानधारी बलर मुथैया मुरलीधरनले आफ्नो जादुमय बलिङ देखाएपनि उनले फाइनलमा अस्ट्रेलियाबाट पराजय टार्न सकेनन् । अस्ट्रेलियाका ग्लेन म्याग्रा नवौं विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए । उनी कूल २६ विकेट लिदै सर्वाधिक विकेट लिने बलर पनि भए । अस्ट्रेलियाकै म्याथ्य हेडनले सर्वाधिक ६ सय ५९ रन बनाएका थिए ।

प्रकाशित मिति: : 2019-07-12 16:48:46

प्रतिकृया दिनुहोस्